राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सिन्धुली पुगेकी छिन् । सिन्धुलीगढीमा निर्मित नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गर्न भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी पुगेकी हुन् ।
गएको २०७६ कात्तिक २४ गते शिलान्यास गरिएको संग्रहालय कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको हो ।
६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । संग्रहालयमा वीर योद्वाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।
प्रतिक्रिया