Logo

तालिबान नेता पुगे चीन



बेइजिङ
अफगानिस्तानमा जारी हिंसाकाबीच अफगान तालिबानका एक प्रतिनिधिमण्डल चीन पुगेको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व मुल्लाह अब्दुल गनी बरादर गरिरहेका छन् । तालिबान प्रतिनिधिमण्डलसँग बुधबार चीनका विदेशमन्त्री वांग यीले भेटवार्ता गरेका छन् ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी चीनबाट फर्केलगत्तै तालिबान प्रतिनिधिमण्डल त्यहाँ पुगेको हो । कुरैशी र चीनका विदेशमन्त्री वांगबीच अफगानिस्तानबारे कुराकानी भएको थियो ।

तालिबान प्रतिनिधिमण्डलसँगको भेटमा विदेशमन्त्री वांगले चीन विरोधी आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टसँग सम्बन्ध अन्त्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

चिनियाँ विदेश मन्त्रालयले तालिबान नेताहरूको प्रतिनिधिमण्डललाई भन्यो,‘पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट एक आतंकवादी समूह को । यो कुरा संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि स्वीकार गरेको छ । आतंकवादी संगठनविरुद्ध एकजुट भएर लड्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी हो ।’

 

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ६ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।