Logo

भीआईपीबाटै हेल्चेक्र्याइँ मास्क लगाउन



हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन् ।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको देखिए पनि कार्यक्रममा सहभागी हुँदा र नेताहरूसँगको भेटघाटमा मास्क प्रयोगमा बेवास्ता गरेको देखिन्छ । देउवाले राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका सुनिल थापासँगको सामूहिक तस्बिर खिचाउँदा मास्क प्रयोगमा बेवास्ता गरिएको तस्बिर उनकै फेसबुक पेजमा छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मास्क लगाउने तर हेलचेक्र्याइँ गर्नेमा पर्छन् ।

सरकारका उपप्रधानमन्त्री एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारबाटै बनाइएको उच्चस्तरीय समिति सीसीएमसीका संयोजक ईश्वर पोखरेल समेत मास्क प्रयोगमा हेलचेक्रयाइँ गर्नेमा पर्छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ७ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।