Logo

काठमाडौं जिल्ला प्रशासनको सूचनाः निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उलङ्घन गरे कडा कारवाही



जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका लगायताका जिल्लाहरुमा फेरि कोरोना भाइरस संक्रमण दर उच्च हुँदै गएको भन्दै भीडभाड र स्वस्थ्य मापदण्ड विपरितका  गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च भएकाले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड विपरीतका गतिविधि नगर्नर नगराउन अग्रह गरेको छ । 

यदी कसैले भीडभाड र स्वस्थ्य मापदण्ड विपरितका गतिविधि गरे गराइए कडा कारवाही गरिने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजालले जानकारी दिए । 

रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता गतिविधि संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कार्यम नगरी अव्यवस्थित रूपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरू नगर्नरनगराउन सबैलाई सूचित गरिन्छ ।’

notice.jpg

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  ३ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।