Logo

युवालाई दाम्लोले बाँधेर कुटपिटगर्ने वडाध्यक्ष नेपाली पक्राउ



दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएको छ । स्थानीय युवा सर्पे दमाइलाई साउन १५ गते डोरीले बाँधेर कुटपिट गरेका नेपालीलाई आज जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 
का प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार वडाध्यक्षलाई पक्राउ गरेर ल्याइएको र उनलाई कानून बमोजिम कारबाही हुनेछ । स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउने प्रहरी निरीक्षक पाण्डेले बताए ।

पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ । पीडितलाई पनि सदरमुकाम बोलाइएको पाण्डेले बताए । 

यसअघि इलाका प्रहरी कार्यालय पञ्चालाको प्रहरी टोलीले वाडाध्यक्ष र ति युवाललाई कुटपिट भएकै दिन मिलापत्र गराएको थियो ।

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।