सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने तयारी गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउन आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् ।
खोप सप्ताहमा ११ लाखभन्द बढी खोप लगाइने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने- ‘जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइनेछ ।’ दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनले आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि बताए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया