Logo

तीन हजार ९३८ संक्रमित थपिए, ३७ जनाको मृत्यु



बिहिबार आज २४ घण्टामा नेपालमा तीन हजार ९३८ जनामा कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना परीक्षण गर्दा तीन  हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो।

११ हजार ८७० जनाको आरटी पीसीआर र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट तीन हजार ७ र एन्टिजेनबाट ९३१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेनबाट ६५ हजार ७८१ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ६३ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।