कोरोना संक्रमण र मृत्युदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । संक्रमण बढ्दो मात्रामा रहेको कारण परिक्षा भन्दा जीवन महत्वपूर्ण रहेको भन्दै हालको लागि स्थगित गर्न मन्त्रालयले सिफारिस गरेको हो ।
‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, स्वास्थ्य राज्यमन्त्री उमेह श्रेष्ठले आफ्नो ट्वीटरमा लेखेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बताए पनि यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएको थियो ।






















प्रतिक्रिया