Logo

रोजगार

असोज ३० गतेदेखि दशैं तिहारको लागि अग्रिम टिकट खुल्ला, मंसिर १६ गतेदेखि आमहड्तालको घोषणा (भिडियो सहित)



काठमाडौं । महिनौंसम्मको अन्यौलका बीच दशैं तथा तिहारका लागी लामो तथा छोटो दुरीका सवारी साधनहरुको अग्रिम बुकिङ खुल्ला गरिने भएको छ । आज सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आफ्नो कार्यालयमा गरेको पत्रकार सम्मेलनमा यही असोज ३० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको हो । 

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न परीस्थितीले गर्दा लामो समय सवारी साधनहरु नचलेको र त्यस बेला समेत बैंकहरुले दुख दिएको ठहर गर्दै महासंघले आन्दोलनका कार्यक्रम समेत आजकै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । राज्यका सरोकारवाला निकाय तथा बैंकहरुले यातायात व्यवसायीको रोदन नसुनेकोले गर्दा आन्दोलनको कार्यक्रम घोषणा गर्न आफुहरु बाध्य भएको महासंघले बताएको छ । 

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा धाउँदा पनि सबै निकाय एकले अर्कालाई देखाउँदै पन्छिने गरेको आरोप महासंघले लगाएको छ । महामारीमा थप राहत घोषणा गर्नु पर्नेमा आफैंले बजेटमा घोषणा गरेको व्यवस्था समेत लागु नगरेकोमा महासंघका पदाधिकारीले आश्चर्य प्रकट गरेका छन् । 

महासंघले यसअघि प्रधानमन्त्री कार्यालय लगायत २७ वटै वाणिज्य मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाई सकेको छ । आजको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराउँदै महासंघले दशैं तिहार सकिए लगत्तै पहिलो चरणमा मंसिर ६ गतेदेखि १५ गतेसम्म १० दिन विभिन्न अनुरोधात्मक कार्यक्रम गर्ने र त्यो गर्दा पनि माग सम्बोधन नभए १६ गतेदेखि देशव्यापी आम हड्तालसम्म गर्ने चेतावनी दिएको छ । 

पत्रकार सम्मेलनको आयोजना महासंघका बरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालको अध्यक्षतामा भएको थियो । 

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्  :

 

 

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ६ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।