मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर(आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
आज बिहान भएको बाँडफाँटबाट सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन् । त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो–
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो शेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रूपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।
कूल निष्काशन मध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१० प्रतिशत) आईपीओ बिक्री गरिसकेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ छ । यो जलविद्युत् आयोजना रसुवा जिल्लामा छ । लोकान्तर
प्रतिक्रिया