अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ । वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो ।
संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो । लकडाउन हुने जानकारी पाए सगै शहरका मार्केटहरुमा किनमेल गर्ने मानिसको भीडभाड बढेको छ ।
पछिल्लो समय अष्ट्रेलियामा अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास बढेको छ। त्यहाका दुईवटा शहर सिड्नी र मेलवर्नमा यो भेरिएन्ट फैलिसकेको छ भने यी शहरहरु अहिले पनि कडा लकडाउनमै छन्।
प्रतिक्रिया