Logo

इटहरीका मेयरले सेवाग्राहीलाई कार्यालयमै थुने।



इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुनेका छन् ।

बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । 

‘सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने,‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’ 

मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  २ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।