महेन्द्रनगर । शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।
स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको थियाे ।
वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने ।
प्रतिक्रिया