काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार राप्ती नदीले बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । जल सतह बढ्दो रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूले आज दिउँसो १ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउनुहोला,’ जल तथा मौसम विज्ञान विभागले एसएमएस अलर्टमार्फत भनेको छ ।
प्रतिक्रिया