Logo

समाचार

सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध



अर्घाखाँची । महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ । सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

केही दिनदेखीको वर्षसंगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखी गोरुसिंगेको सम्वन्ध विच्छेद भएको छ । यद्यपी पहिरो सोहोर्ने काम भैरहेको र साँझ अवेरसम्म बाटो खुल्ने बताइएको छ ।
 

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  ६ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।