Logo

समाचार

आज प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना



काठमाडौं । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ६ : ४१ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।