Logo

अनौपचारिक रुपमा अफगानिस्तानको लागि श्रम स्वीकृति स्थगित  



वैदेशिक रोजगार विभागले औपचारिक रुपमा अफगानिस्तानका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । अफगानिस्तान उत्पन्न जटिल राजनीतिक अवस्थालाई ध्यानमा राख्दै लागि श्रम स्वीकृती दिन बन्द गरेको श्रम कार्यालयले जनाएको छ । 

सरकारबाट श्रम स्वीकृति रोक्ने विषयमा कुनै ठोस पहल नभएपछि विभागले अनौपचारिक निर्णयबाटै श्रम स्वीकृति रोक्ने निर्णय गरेको एक कर्मचारीले बताए । द्वन्द्वग्रस्त मुलुक भए पनि राम्रो आम्दानी हुने भन्दै नेपाली कामदार जोखीम मोलेर अफगानिस्तान जाने गरेका छन् ।

वैशाखमा ३१ जना नयाँ र ८४ जना बिदामा आएका कामदारले अफगानिस्तानको श्रमस्वीकृति लिएका थिए । गत जेठमा २४, असारमा ६८ र साउनमा १२३ जना बिदामा आएका कामदारले मात्रै श्रमस्वीकृति लिएको विभागले जनाएको छ ।

२०७०र७१ पछि अफगानिस्तानमा बर्सेनि कम्तिमा एक हजार नेपाली श्रम स्वीकृति लिएरै रोजगारीका लागि जाने गरेको विभागको तथ्यांक छ । उक्त तथ्यांक अनुसार पछिल्लो सात वर्षमा ८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएरै अफगानिस्तान गएको देखिन्छ। त्यस्तै गैरकानूनी बाटो हुँदै अफगानिस्तान पुग्ने नेपालीको संख्या पनि हजारौं रहेको अनुमान छ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।