मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्।
उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ।
विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका हुन। संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्
‘मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ,’ यासिनले राजालाई भेटेर दरबारबाट निस्के लगतै उनले जानकारी गराएका हुन्।
प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएपछि आएको हो। अब कसको सरकार बन्छ भन्ने बिषय भने खुलिसकेको छैन।
पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो।
यासिनलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दिएको थियो।
पदमुक्त भएका यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका छन् जसका लागि आगामी सेप्टेम्बरमा विश्वासको मत लिएर आफुसंग बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए।
जम्मा २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर गत वर्षमात्रै सत्तामा आएका थिए।
प्रतिक्रिया