Logo

जगदम्बा मोटर्सद्वारा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र नयाँ फराकिलो टायर १६० टुभी सार्वजनिक



टीभीएस मोटर कम्पनीले ‘अपाचे १६० टुभी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ । उक्त मोटरसाइकल टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भरयांग सोरूममार्फत् कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीहरु द्वारा सार्वजनिक गरेको हो ।

अपाचे १६० टुभीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ । जुन पहिलाको सोही गाडीको संस्करणभन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि १२०/७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ । जसले बाटोमा अझ राम्रो ग्रीप र सुरक्षा प्रदान गर्दछ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ । जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत गराइरहन्छ ।

अपाचे १६० टुभीमा बेस्ट इन क्लास आरटीआर ओभरस्क्वेर इन्जिन रहेको छ । जसले ८ हजार आरपीएम मा १४। १४ पीएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएममा १३।२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ । यसैगरी यसमा बेस्ट इन क्लास एमआइजी सस्पेन्सन सकअप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन् । यसको मूल्य भने दुई लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ । 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।