प्रदेश नम्बर २ को प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्तरीको पिपरा गाउँपालिका पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली कांग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा सरकारले झालाई हटाएर मिश्रलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया