काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपनको एक ट्रकिङ अफिसमा आगलागी भएको छ । कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको हो ।
आगलागीमा परी दुई जनाएको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।
दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका छन् । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया