काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।
ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाडौं महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको काठमाडौं प्रहरीले जनाएको छ ।
ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिका- ११ कपनमा हिजो बेलुका आगलागी भएको थियो । आगो गएराति नै निभाइएको छ । आगो निभाउन बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन विमानस्थलबाट एक/एक तथा काठमाडौं महानगरपालिकाबाट दुई गरी ९ वटा दमकल प्रयोग गरिएको थियो । यस्तै, १० वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।
प्रतिक्रिया