Logo

प्रमुख समाचार

आजदेखि फूलपातीसम्म खुलामञ्चमा गाडी पार्किङको व्यवस्था



काठमाडौं । काठमाडौंको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर जनाएको छ ।

आजदेखि फूलपाती अर्थात आउँदो १६ गतेसम्म बिहान १० बजेदेखि बेलुकीसम्म नै गाडीको चाप हुने हुँदा ट्राफिक आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरिएको छ ।

आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ८ : ४३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।