images

‘बलात्कारी संगठन’ पेज र ग्रुप खाल्नेविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

‘बलात्कारी संगठन’ पेज र ग्रुप खाल्नेविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

  • 577
    SHARES

  • ‘बलात्कारी संगठन’ पेज र ग्रुप खाल्नेविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

    नेपाल प्रहरीले फेसबुकमा ‘बलात्कारी संगठन’ (रेपर एसोसियसन) पेज खोल्नेविरुद्ध अनुसन्धान सुरु गरेको छ । असोज २६ गते (हिजो) सोमबार आकस्मात् ‘रेपर एसोसियसन’ नामक पेज र ग्रुप खोलिएपछि नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले अनुसन्धान थालेको हो ।

    साइबर क्राइम ब्यूरोले हिजो (सोमबार) बाटै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको हो । यस क्रियाकलापमा संलग्नलाई जतिसक्दो चाँडै नियन्त्रणमा लिएर कारबाही गर्ने पनि ब्यूरोले जनाएको छ ।

    images images

    त्यसोत, गत शनिबार मात्रै काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीविरुद्ध फरक शैलीको विरोध प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा कालो कपडा लगाएका र मुख छोपेका युवतीहरुले धिमे बाजामा ‘बलात्कारी होस् तँ’ भन्दै विरोध गरेका थिए ।

    उक्त विरोधपछि सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन ‘बलात्कारी संगठन’ नामको पेज खोलिएको थियो । उक्त पेजको अहिले चौतर्फी विरोध भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    मंगलवार, आश्विन २७ २०७७०३:३७:०२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै