काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजबाट अवकास पाउँदैछन् । उमेर हदका कारण उनले असोज १६ गतेबाट स्वतः अवकाश पाउने भएका हुन् ।
कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिदैंछ । सर्वोच्चका अनुसार अदालत सोमबार घटस्थापनाबाट कोजाग्रत पूर्णिमासम्म बिदा हुने भएकाले आज विदाइ कार्यक्रमको आयोजना गरिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया