Logo

हरि परियार उर्फ ‘हरि उदासी’ फरार



विभिन्न युट्युब च्यानलहरुमा आफूले आफूलाई अभियन्त हुँ भन्दै अभिव्यक्ति दिदै आएका हरि परियार उर्फ ‘हरि उदासी’ फरार भएका छन् । रातो पर्दा डटकमका सम्पादक प्रेम पुन लगायत अन्य पत्रकारलाई ज्यान मार्ने धम्कि दिएपछी महानगरिय प्रहरी वृत स्वयम्भुमा हरि बिरुद्ध उजुरी परेको हो। बुधबार उजुरी दर्ता भएको थाहा पाएपछि अहिले हरि परियार फरार रहेको महानगरिय प्रहरी वृत स्वयम्भु पुष्टि गरेकाे छ ।

केहि दिन अघि आफूलाई परियारको साइली श्रीमती बताउने पन्चमाया तामाङ्ग २ छोराहरु सहित आफूलाई १४ वर्ष पुग्दा समेत नागरिकता, विवाह दर्ता अनि छोराहरुलाई जन्मदर्ता नबनाई अलपत्र छोडी दिएको भन्दै मिडियामा आएपछि विवादमा तानिएका थिए । आफू साइली श्रीमती रहेको र परियारको ४ जना श्रीमती भएको उनले बताएकी थिइन् ।

परियारकी साइली श्रीमतीको भिडियो युट्युबमा सार्वजनिक भएपछि विवादमा आएका हरिले रातो पर्दा डटकमका सम्पादक पुन लगायत अन्य पत्रकारलाई ज्यान मार्ने धम्कि दिएका थिए । फरार रहेका परियारको अहिले खोजि भईरहेको प्रहरी वृत स्वयम्भुले जनाएको छ ।

को हुन् त हरि परियार उर्फ हरि उदासी ?

आफूलाई हरि उदासीको नामबाट चिनाएका हरि परियार युट्युबबाटै भाइरल भएका एक पात्र हुन् । हरि परियार विभिन्‍न व्यक्तिहरुका बारेमा बनाइएका भिडियोहरु हेरेर हेर्ने दर्शकको कमेन्टको आधारमा व्यक्तिको टिप्पणी गर्ने गर्छन् । विषय र व्यक्तिको ज्ञान चाँहिदैन उनलाई । दर्शकले जसलाई नराम्रो मानेको हुन्छ, त्यलाई तथानाम गाली गर्छन् । अनि त्यो युट्युबरले फटाहा बनाएको पात्रको प्रिय बन्ने प्रयास गर्छन् ।

युट्युबको माध्यमबाट अरुलाई गाली गर्दागर्दै उनले आफूलाई अभियन्ताको सूचीमा दर्ज गरि खरो टिप्पणी गर्ने ठान्छन् । हरिले आफूलाई निर्देशक अनि कलाकार पनि भन्ने गरेको पाइन्छ । आफूलाई कलाकार समेत बताउने उदासी बिगत केहि बर्ष अघि चलचित्र जगतमा समेत अभिनय गरेको केहि निर्देशकहरुले बताउने गरेका छन् ।

चलचित्र क्षेत्रमा केहि गर्न नसकेपछि नेपालमा मौलाउदै गरेको युट्युब च्यानलमा आफू अभियन्त हुँ भन्दै अन्तरवार्ता दिन थाले । केहि युट्युब च्यानलको पछि लागेर उनले खरो टिप्पणीको नाममा बंगारा झार्नेको ट्याग समेत पाए ।

हरि परियार उर्फ उदासी नामले परिचित उनले महिला देखि पुरुष सबैलाई बंगारा झारी दिन्छु भन्दै दिएको अन्तरवार्ता अहिले पनि विभिन्न युट्युब च्यानलहरुमा देख्न सकिन्छ । नेपालमा घट्ने हरेक घटनामा बोल्न रुचाउने उदासी युट्युब जगतकै एक उचशृंखल पात्र हुन् ।

युट्युबमा सार्वजनिक भएका भिडियो हेरेर हावादारी टिप्पणी गर्दै आफैं प्रहरी, अदालत र न्यायाधीस बनेर आफूलाई अभियन्ता घोषणा गर्ने पात्र मध्येकै उचशृंखल पात्रमा  पर्ने गर्छन हरि परियार । बेरोजगारी समस्याको विकल्पमा अभियन्ता बन्नेहरुले युट्युब प्रविधिकै दुरुपयोग गरेका छन् ।

प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार  ५ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।