काठमाडौं । रुसमा एउटा बन्दुकधारीले गरेको आक्रमणमा ११ जना बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । स्थानीय एक विद्यालयमा छिरेर बन्दुकधारीले जथाभावी गोली चलाएको बताइन्छ ।
मारिनेमा विद्यालयका दुई जना शिक्षक र चार जना कर्मचारीसमेत छन् । उक्त घटनामा २४ जनाभन्दा बढी घाइते भएका छन् । ती पनि सबै बालबालिका हुन् । गोली प्रहारपछि बन्दुकधारीले आत्महत्या गरेका छन् ।
रुसले उक्त घटनाको कडा निन्दा गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रायः अमेरिकामा हुने यस्तो खालको घटना रुसमा समेत भएको छ । एजेन्सी
प्रतिक्रिया