Logo

प्रमुख समाचार

काठमाडौं महानगरको चाडपर्व लक्षित बजार अनुगमन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ/तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो ।

सुलभ पसल, तरकारी, माछा/मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।  

प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार  ११ : ४६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।