Logo

अन्तर्राष्ट्रिय

स्वदेशमा निर्मित भारतीय लडाकु विमानको नाम ‘प्रचण्ड’



एजेन्सी। भारतले स्वदेशमै निर्माण गरेको लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’ यो हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेडले गरेको हो । यसमा हाल ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको छ । भविष्यमा ५५ प्रतिशत सामान स्वदेशकै प्रयोग गर्ने लक्ष्य छ ।

प्रचण्ड नामको यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिन्छ । यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर ९करिब १६ हजार ४०० फिट० को उचाइसम्म उडान भर्न सक्छ ।

यो हेलिकोप्टरलाई हरेक मौसममा २४ सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिन्छ । उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिन्छ ।

यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७९ मंगलबार  ७ : ४८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।