Logo

यूनियन लाईफले व्यतित बीमालेख नवीकरणमा पुरै ब्याज छुट दिने



यूनियन लाईफ इन्स्योरेन्सले व्यतित भएको बीमालेखको ब्याज छुट दिने भएको छ । यससंगै भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएकोहरुले ब्याज छुट पाउने भएका हुन् । 

ब्याज छुट पाउन असोज २८ गते देखि कार्तिक ३ गतेसम्म नवीकरण गराउनु पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी नवीकरण गराएमा शत प्रतिशत ब्याज छुट हुने छ । 

नवीकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जनाइएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ७ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।