Logo

अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण,विश्व बैंकबाट ऋण लिने निर्णयमा हस्ताक्षर



नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हाल्नुभएको छ । बिहीबार राष्ट्रपतिबाट शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हाल्नुभएको हो ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नेकपा महासचिवसमेत रहनुभएका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

यसअघि अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको शपथ लिनुभएको थियो ।

 

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  २ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।