Logo

समाचार

बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु



बैतडी ।  बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गमा पर्ने पाटन-४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिए । उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन । थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  ८ : २३ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।