Logo

सिभिल बैंकको संस्थापक सेयर लिलामी आवेदन समय थप



सिभिल बैंकको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ६७ हजार ६०४ कित्ता  सेयरमा आवेदन दिने म्याद थप गरेर मंसिर २ गतेसम्म पुर्याएको हो । बैंकले असोज १६ गतेबाट लिलामी खुला गरेर आज (असोज ३० गते) सम्म लिलामी भर्ने समय तोकेको थियो ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  १० : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।