Logo

पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद



पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका -६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन बरामद गरेको हो । प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको हो ।

सून तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरादम गरेको हो।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए ।

सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

प्रहरीका अनुसार सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा (८.५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा (१ किलो) बरामद भएको छ।

यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २.२६२ किलो बरामद भएको एसपी पन्तले बताइन्।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ५ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।