Logo

शेयर बजार

महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्रि एसबीआई मर्चेण्डले गर्ने 



महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको काम एसबिआई मर्चेण्ट बैंकिङले गर्ने भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले  हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार