Logo

दिल्लीको नौँ खेलमा सन्दीपले पाएनन् मौका



युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ ।

सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।

दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार नवौं खेलमा बेन्चमै छन् ।

दिल्ली ८ खेलमा ६ जितसहित १२ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ ।  चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लने  दिल्लीको लक्ष्य छ । यस्तै चेन्नई भने चौंथो जितको खोजीमा रहेको छ ।  यसै सिजनको पहिलो भेटमा दिल्लीसँग ४४ रनले पराजित आजको खेलमा बदला लिने चाहन्छ । चेन्नई ८ खेलमा ६ अंक जोडेर अंकतालिको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ११ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।