प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेकाे छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई १-० को गाेल अन्तरले पराजित गरेकाे हाे ।
सिटीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल रहिम स्टर्लिङले गरेका थिए । उनले खेलको २९ औं मिनेटमा गरेको गोल नै सिटीको जितका लागि पर्याप्त बन्यो ।
पेनाल्टी क्षेत्र भित्रबाट मिडफिल्डर फिल पोडेनले गरेको प्रहार आर्सनलका गोलरक्षक बर्नड लेनोले क्लियर गरेका थिए । लेनोले क्यिर गरेको बललाई स्टर्लिङले सोझै गोलमा परिणत गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन । जितसँगै सिटीले चार खेलबाट ७ अंक जोडेको छ । पाँच खेल खेलेको आर्सनलको भने ९ अंक छ ।
प्रतिक्रिया