Logo

प्रमुख समाचार

पाइलट अञ्जुको उचारचढाव जीवन, यी हुन् दुर्घटनामा परेको जहाज उडाउने टिम



दुर्घटना भएको यती एयरलाईन्सको ९– एनएसी एटीआर ७२ नामक जहाजकी पाईलट अञ्जु खतिवडाका पतिको १६ वर्ष अगाडि यती एयरलाईन्सकै जहाज दुर्घटनामा मृत्यु भएको थियो ।

आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाईन्सको जहाजलाई क्याप्टेन कमल केसीले उडाएका थिए ।
अञ्जु मोरङको विराटनगर महानगरपालिका–५ चाँदनी चोककी हुन् ।

जुम्लाको विमानस्थलमा २०६३ सालको जेठ २९ गते भएको यती एयरलान्सको जहाज दुर्घटनामा अञ्जुका पति को–पाइलट दीपक पोखरेलको मृत्यु भएको थियो । सो दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए ।

पतिको मृत्युपछि अञ्जुले अमेरिका गएर पाइलटको अध्ययन र प्रशिक्षण लिएकी थिइन् । अञ्जुले एक सय घण्टा उडान पूरा गरेकी छिन् ।

अमेरिकाबाट नेपाल आएपछि अञ्जुले यती एयरलाईन्सको जहाज उडाउन थालेकी थिइन् ।

अञ्जुले प्राथमिक शिक्षा विराटनगरमा लिएकी थिइन् । उनले स्नातक तहसम्मको अध्ययन भारतबाट गरेकी हुन् ।

अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् । दीपकको जहाज दुर्घटनामा मृत्यु भएपछि अञ्जुले सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन् । अञ्जु र सुवासबाट ७ वर्षीय छोरा छन् ।

क्याप्टन कमल केसी काठमाडौंको बुढानिलकण्ठ निवासी हुन् । उनले यती एयरलाईन्सको जहाज उडाउनु अगाडि केही समय नेपाल एयरलाईन्सको जहाज पनि उडाएका थिए ।

क्याप्टन केसी र पाईलट अञ्जु खतिवडासँगै जहाज दुर्घटनामा दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आले मगरको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १० : ४३ बजे

1.098k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।