Logo

प्रमुख समाचार

प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन दिनु भएको थियो ।

भेटको क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सदभाव र भातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १० : ४९ बजे