Logo

घटना

मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु




दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ । आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  १२ : २९ बजे