Logo

राति गस्तीमा निस्केका असईको बिहान सव फेला 



धनगढीमा असई मृत फेला परेका छन् । कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका-१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका हुन् । शनिबार हिजो रातिदेखि बेपत्ता भएका असइ गोविन्द बिकको शव आइतबार बिहान सीमा नाका मोहना नदीमा फेला परेको थियो ।

त्यस्तै, उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क विहिन भएका थिए ।

चौकीबाट १ किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव ३ किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको हो । प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १०:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।