Logo

शेयर बजार

साताको पहिलो दिन आजपनि सेयर बजारमा गिरावट



सयेर बजारमा आज साताको पहिलो कारोबार दिन पनि गिरावट आएको छ आज नेप्से परिसूचक ५ दशमलव ६६ अंकले घटेर १५५६ दशमलव ८० बिन्दूमा रोकिएको छ । आज दिनभर कारोबारमा आएका १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ । 
यो दिन १२ वटा समूहको उपसूचक मध्ये निर्जीबन बिमा र टेड्रिङ बाहेक सबै समूह ओरालो लागेका छन् । 
त्यस्तै आजको दिन जनरल इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाएका छन् । 

प्रकाशित : २ कार्तिक २०७७, आइतबार