Logo

अन्तर्राष्ट्रिय

भारतमा आगलागी हुदाँ १४ जनाको मृत्यु




काठमाडौं । भारतको झारखण्ड राज्यमा आगलागी हुदाँ १४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएको बताइएको छ ।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको धनाबादमा भएको सो आगलागीमा परेर अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : माघ १८, २०७९ बुधबार  ५ : १२ बजे