Logo

अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानमा भूकम्पमा परी १३ जनाको मृत्य



इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार साँझ गएको ६.५ म्याग्नीच्यूडको भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ४७ जना घाइते भएका छन् । भूकम्पका कारण अफगानिस्तानमा पनि चार जनाको मृत्यु भएको छ भने अन्य ८० जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार भूकम्पमा परी मृत्यु हुनेमा पाँच पुरुष, दुई महिला र दुई बालबालिका रहेका छन् । भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफात जमान अमरले बुधबार जानकारी दिए ।

पाकिस्तानको भूकम्प मापन केन्द्रले मङ्गलबार राति ६.५ म्याग्नीच्यूडको भूकम्प गएको बुधबार जानकारी गराएको हो । त्यसैगरी अमेरिकी भौगर्भिक सर्भेका अनुसार १८७.५८९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु सुरुमा अफगानिस्तानको जार्ममा ३६.५२२७ डिग्री उत्तरी अक्षांश र ७०.९७८७ डिग्री पूर्वी देशान्तर मापन गरिएको थियो ।

भूकम्पका कारण पाकिस्तानमा २१ वटा घरको छाना र पर्खाल भत्किएको छ । भूकम्पका कारण देशको उत्तरपश्चिम र उत्तरी क्षेत्रका विभिन्न क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताइएको छ ।

भूकम्पपछि, आपतकालीन प्रतिक्रिया केन्द्रहरू स्थापना गरिएको थियो र उत्तरपश्चिम पाकिस्तानका अस्पतालहरूमा आपतकालीन घोषणा गरिएको थियो। पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र अन्य संस्थालाई कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएकाे छ ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  ९ : ४५ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।