Logo

शनिबारदेखी बेपत्ता भनिएका प्रहरी जवान साउदको शव दुई दिनपछि फेला



शनिबारदेखी बेपत्ता भनिएका प्रहरी जवान रामबहादुर साउदको शव दुई दिनपछि फेला परेको छ । नेपाल–भारत सीमा मोहना नदीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक संगै गस्तीमा गएका बेला तस्करहरुले दुबै जनाको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल-भारत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो।

बेपत्ता भएदेखि उनको सशस्त्र प्रहरीको गोताखोर टोलीसहितले कैलाली र कञ्चनपुर प्रहरीले खोजतलासी जारी राखेका थियो । हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  २ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।