Logo

शेयर बजार

नेपाली बजारमा सुनको मूल्य स्थिर



नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । विगत ३ दिनयता सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइ स्थिर रहेको हो । 

यसैगरी छापावाल सुनको तोलामा ९४ हजार २०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै चाँदीको मूल्य भने मंगलबार रु १० ले बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार