Logo

डिप्लोम्याटिक पर्मिसन’ सहितको भारतीय विमान नेपाल आउँदै



डिप्लोम्याटिक पर्मिसन’ सहितको भारतीय विमान नेपाल आउने भएको छ । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणकै पूर्वसन्ध्यामाविमान नेपाल आउन लागेका हुन् ।

दुई जना वरिष्ठ कूटनीतिज्ञसहितको ग्लोबल–५००० विमान बुधबार काठमाडौं आउने तयारी रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

जसका लागि परराष्ट्र मन्त्रालयले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै ‘डिप्लोम्याटिक पर्मिसन’ सहित आउन लागेको भारतीय कूटनीतिक उडानका लागि ‘आवश्यक प्रबन्ध तय गर्न’ जानकारी दिएको छ ।

यो विमान बुधबार दिउँसो १ बजे काठमाडौं उत्रिएर बेलुकी साढे ९ बजे दिल्ली फर्कन लागेको जानकारी गराइएको छ ।

 

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार  ८ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।