काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी आज आइतबार स्वदेश फर्कने भएका छन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् ।
भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत डा भण्डारी थिए । कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा. भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ ।
पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गरेका छन् । सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।
प्रतिक्रिया