Logo

समाचार

टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा अफर दिँदै



काठमाडौं ।   टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ । 

सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आज (२०८० बैशाख १७) देखि बैशाख १९ सम्म लागु हुनेछ ।

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइँदै छ ।

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  १२ : ५४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।