Logo

अन्तर्राष्ट्रिय

आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या



विहार । विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् ।

जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् । छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन् ।

घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ । मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १७:००   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।